पर्सामा एक बालकको डुबेर मृत्यु
मिति: २०२३-०५-०३ , समय : ११:२३:४१ , आवर प्रदेश
मिति: २०२३-०५-०३ , समय : ११:२३:४१ , आवर प्रदेश
आवर प्रदेश
पर्सा, २० वैशाख। कालिकामाई गाउँपालिका-५ बिरञ्चीबर्वास्थित चापाकलको पानी जमेको खाल्डोमा डुबेर जिराभवानि गाउँपालिका-३ परसवा बस्ने रसलिला महतो केवटको छोरा १ वर्षीय जितेन्द्र महतो केवटको मंगलबार दिउँसो मृत्यु भएको छ ।
खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पोखरीया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०५-०३ , समय : ११:२३:४१ , २ वर्ष अगाडि