नेपाली बजारमा सुनको मूल्य वृद्धि
मिति: २०२३-०५-०३ , समय : १२:१२:५६ , आवर प्रदेश
मिति: २०२३-०५-०३ , समय : १२:१२:५६ , आवर प्रदेश
आवर प्रदेश
नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको थियो।
प्रकाशित मिति: २०२३-०५-०३ , समय : १२:१२:५६ , २ वर्ष अगाडि