तनहुँमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

मिति: २०२३-०५-०३ , समय : १६:१२:०० , आवर प्रदेश

आवर प्रदेश

तनहुँमा ट्रकको ठक्करबाट घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

बन्दिपुर गाउँपालिका वडा नम्बर ५ याम्पास्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका थिए।

तीमध्ये गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। घाइतेहरूको चितवनमा उपचार गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, एसपी अबदेश विष्टले ३ जनाको मृत्यु भएको सेतोपाटीलाई बताए।

चेतबहादुर घर्ती, सनबहादुर भुजेल र आयुष भुजेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू बन्दिपुर गाउँपालिका वडा नम्बर १ का हुन्।

ना ४ ख १९७३ नम्बरको ट्रक एउटा घरमा ठक्कर खाएको थियो।

प्रकाशित मिति: २०२३-०५-०३ , समय : १६:१२:०० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित