सर्बियाको एक विद्यालयमा गोलीकाण्ड हुँदा आठ बालबालिकाको मृत्यु
मिति: २०२३-०५-०३ , समय : १६:२९:५९ , आवर प्रदेश
मिति: २०२३-०५-०३ , समय : १६:२९:५९ , आवर प्रदेश
आवर प्रदेश
युरोपेली मुलुक सर्बियाको राजधानी बेलग्रेडमा रहेको एक विद्यालयमा बुधवार गोलीकाण्ड हुँदा आठजना बालबालिकाको मृत्यु भएको छ ।
घटनामा एक सुरक्षागार्ड पनि मारिएको सर्बियाको सरकारी समाचार संस्था तानजुगले खबर दिएको छ ।
अन्य ६ बालबालिका र एक शिक्षकलाई अस्पतालमा भर्ना गरिएको छ ।
त्यही विद्यालयमा पढ्ने १४ वर्षका एक बालकले गोली चलाएका हुन् । उनलाई पक्राउ गरिएको सर्बियाको गृह मन्त्रालयले जानकारी दिएको छ ।
घटना स्थानीय समयअनुसार बिहान ८ः४० मा भएको हो । भ्लादिस्लाभ रिब्निकार इलेमेन्टरी स्कूलमा घटना भएको हो ।
प्रकाशित मिति: २०२३-०५-०३ , समय : १६:२९:५९ , २ वर्ष अगाडि