छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

मिति: २०२३-०५-०४ , समय : १४:०६:२७ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २१ वैशाख। मकवानपुर, भिमफेदी गाउँपालिका-६ जुरिखेतस्थित सडकमा प्रदेश-०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक बारा पर्सौनि नगरपालिका-५ बस्ने २५ वर्षीय लाल बाबु सहनि मलाहा र मोटरसाइकलमा सवार बारा पर्सौनि नगरपालिका-५ बस्ने २० वर्षीय गोरख भन्ने रबिन्द्र मण्डल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मलाहाको सरकारी अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्सैगरी मोरङ, लेटाङ नगरपालिका-७ भिरिङखास्थित सडकमा प्र।न।१(०२(००१ ज ३९५३ नम्बरको पिकअप गाडी अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक मोरङ पथ नगरपालिका बस्ने ३० वर्षीय मनोज दियाली र पिकअपमा सवार मोरङ लेटाङ नगरपालिका(३ बस्ने ७४ वर्षीय जीवन श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्सैगरी बारा, कोल्हबी नगरपालिका-१ बटौलियास्थित सडकमा ग।५ प ३५८६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलमा सवार सोही नगरपालिका-१० बस्ने ६० वर्षीया तारा देवी पासवानको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल जननायक कोल्हबी हुँदै एलएस न्युरो अस्पताल प्रसौनीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०४ , समय : १४:०६:२७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित