NMSRA क्रिकेट कपको फाइनलमा आयोजकसंग नेपाल औषधि ब्यबसायी संघ मोरङ्ग भिड्ने
मिति: २०२३-०५-०७ , समय : १०:४४:२३ , आवर प्रदेश
मिति: २०२३-०५-०७ , समय : १०:४४:२३ , आवर प्रदेश
आवर प्रदेश
विराटनगर। नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ(NMSRA) बिराटनगर ईकाइले आयोजना गरेको Nmsra क्रिकेट कप २०८० को भएको पहिलो सेमिफाइनल खेलमा NMSRA बिराटनगरले सिसि एफ सि क्लब बिराटनगरलाई ३४ रनले पराजित गर्दै आउँदो बैशाख ३० गते शनिबार हुने फाइनल खेलको लागि आफ्नो स्थान सुरक्षीत गरेको छ।
त्यस्तै आजै भएको अर्को सेमिफाइनल खेलमा नेपाल औषधि ब्यबसायी संघ(NCDA) मोरङ्गले आफ्ना प्रतिद्वन्द्वी नेपाल औषधिगत प्रबन्धक संघ(PEAN) बिराटनगरलाई ४ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ।
पहिलो खेलमा Nmsra बिराटनगरले दिएको १६२ रनको लक्ष्यलाई पछ्याउँदै CCFC बिराटनगरले आफ्नो सम्पूर्ण विकेट गुमाउँदै १३८ रनमा समेटिए ।
NMSRA बिराटनगरका तर्फबाट सर्वाधिक ६९ रन बटुल्दै प्रशान्त राई म्यान अफ दि म्याच घोषित भएका थिए।
त्यस्तै NCDA मोरङ्गले दिएको १३९ रनको लक्ष्यलाई पछ्याउँदै गरेको PEAN बिराटनगरको टिमले निर्धारित १५ ओभरमा १३४ रन मात्र जोड्न सफल भएका थिए। NCDA मोरङ्गको तर्फबाट उत्कृष्ट खेल्दै कमल देवले म्यान अफ दि म्याचको उपाधी हासिल गरे।
दुबै उत्कृष्ट खेलाडीहरुलाइ आयोजक NMSRA बिराटनगरका अध्यक्ष प्रमोद कुमार साहले ट्रफी प्रदान गरेका थिए।
विजेता दुबै टिमले आउँदो शनिबार बैशाख ३० गते बिहान ८ बजे बिराटनगरको डिग्री क्याम्पसको खेलमैदानमा फाइनल खेल्ने कुरा प्रतियोगिताका ब्यबस्थापक तेज साहले जानकारी दिए।
प्रकाशित मिति: २०२३-०५-०७ , समय : १०:४४:२३ , २ वर्ष अगाडि