बाँकेमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
मिति: २०२३-०५-०७ , समय : १२:३६:५६ , आवर प्रदेश
मिति: २०२३-०५-०७ , समय : १२:३६:५६ , आवर प्रदेश
आवर प्रदेश
बाँके, २४ वैशाख। नेपालगंज उपमहानगरपालिका-१८ कारकादो चोकमा रा।१ ख २६१७ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री खजुरा गाउँपालिका-३ बस्ने ६४ वर्षीय मुन्सी चमारको शनिबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिनुको साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०५-०७ , समय : १२:३६:५६ , २ वर्ष अगाडि