जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
मिति: २०२३-०५-०७ , समय : १४:३०:०९ , आवर प्रदेश
मिति: २०२३-०५-०७ , समय : १४:३०:०९ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, २४ वैशाख। कागेश्वरी मनोहरा नगरपालिका-९ मानटार भगवतीमार्गस्थित सुदर्शन पुडासैनीको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ६० वर्षीय राजेश खनाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय ६० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०५-०७ , समय : १४:३०:०९ , २ वर्ष अगाडि