विराटनगर। जाँड रक्सी त्यागौ , स्वच्छ समृद्ध र समुन्नत समाजको निमार्ण गर्रौ ,स्वास्थ्य जिवन उच्च बिचार , जाड रक्सी बेकार भन्ने मुल नाराको साथ सहयोगी हातहरुको समुह (सहास ) नेपालको आयोजनामा मोरङको जहदा गाँउपालिका वडा नं. ५ लक्ष्मीनिया चौकमा हरियाली युवा समुहले सडक नाटक प्रदर्शन गरेको छ ।
कार्यक्रममा जहदा गाँउपालिकाका अध्यक्ष जितेन्द्र प्रशाद साह, जहदा-३ का वडा अध्यक्ष अनिल कुमार ठाकुर, जहदा-४ का वडा अध्यक्ष शिवशंकर गामी, मझारे प्रहरी चौकीका प्रहरी साहयक निरिक्षक हरिकृष्ण लेवती, साहस नेपालको तर्फबाट एलिना मोक्तान, राजेन्द्र साह, नितेश कुमार साह लगायत को उपस्थिती रहेको थियो ।
समाजमा भइरहेको लागुऔषध तथा मदिरापान ले समाजमा निम्त्याने झैँ-झगडा, यसबाट उत्पन्न हुने बिभिन्न समस्या को बारेमा नाटक मार्फत उजागर गरिएको थियो। नाटकको मार्फत जाडरक्सीको सेवनले पैसाको नोक्सानी, घरेलु झैँ झगडा, सामाजमा हो-हल्ला, आपासी झगडा तथा असमझदारी हुने लगायत बिभिन्न समस्याको बारेमा प्रस्टाईएको थियो। समाज मा रहेको कुप्रथा, बालबिबाह, मादकपदार्थ सेवन लगायत अन्य सामाजिक मुद्दाहरुका समस्याहरु नियन्त्रण गर्ने उद्देश्यका साथ सडक नाटक प्रदर्शन गरेको साहस नेपाल संस्थाकी माधुरी कुमारी मण्डलले बताइन् ।
आजकल समाजमा बढ्दै गई रहेको यस्ता कुरितिले समाजमा निकै नकारत्मक परिवर्तन ल्याउदै गइरहेको अवस्था छ । यसलाई केहि हद सम्मान न्युनिकरण गर्नको निम्ति जनाचेतनाका लागि सो नाटक प्रदर्शन गरिएको सहास नेपालकी अनुगमन अधिकृत एलिना मोक्तानले बताउनुभयो। सहास नेपाल जहदा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषी, छात्रवृति, युवा लक्षित जस्ता ४ वटा परियोजनाहरु संचालन रहेको नितेश कुमार साहले बताए।