रंगेलीमामा नेतृत्व तथा क्षमता विकासका लागि तालिम सुरु
मिति: २०२३-०५-०८ , समय : १०:१५:२१ , आवर प्रदेश
मिति: २०२३-०५-०८ , समय : १०:१५:२१ , आवर प्रदेश
आवर प्रदेश
रंगेली । नेतृत्व तथा क्षमता विकास सम्बन्धी रंगेलीमा ३ दिने तालिम सुरु भएको छ । नगरपालिकाकाे सभाहलमा सुरु भएको तालिम बैशाख २४ गतेदेखि २६ गतेसम्म सन्चालन हुने भएको छ ।
साे कार्यक्रममा नगरका जनप्रतिनिधि महिला, विभिन्न संस्थाका प्रतिनिधि लगायतका सहभागीता रहेको थियो । सहभागीहरुलाई आम सर्वसाधारणहरुले संगठनको अगुवाइ कसरी गर्ने, नेतृत्व क्षमता विकास कसरी हुने , नेतृत्व भनेको निर्देशन, वा आफ्नो संगठनको व्यवस्थापन गर्ने कार्यलाई नेतृत्व गर्ने गर्ने भन्ने बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
सहभागीहरुलाई कुनै पनि समस्याको पहिचान र त्यस्ता समस्याहरुलाई समाधान गर्ने उपाएहरु खोज्ने र कार्यान्वयन गरी समस्या समाधान गर्ने कुरामा समेत जानकारी गराए ।रंगेली नगरपालिकाकाे महिला तथा वालवालिका शाखाकाे आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , प्रशाशकिय अधिकृत ओमकार न्याैपाने , स्थानीय यसाेदा काईराला, पुनम सापकोटा ,तारा गुरुङ ,ममता आले मगर, गायत्री श्रेष्ठ लगायत विभिन्न महिला संन्जालका महिलाहरुकाे समेत उपस्थिति रहेको थियो ।
नेतृत्व तथा संस्थागत बिकाश तालिम मंजीता उपाध्यायले सहभागीहरुलाई तालिम दिएकी छन् ।
प्रकाशित मिति: २०२३-०५-०८ , समय : १०:१५:२१ , २ वर्ष अगाडि