उदयपुरमा स्थानिय पालिकाहरुद्वारा श्रम स्विकृति दिन सुरु

मिति: २०२३-०५-०८ , समय : १०:४१:०४ , आवर प्रदेश

आवर प्रदेश

वैदेशिक रोजगारीमा जानेहरुका लागि स्थानिय पालिकाहरुले श्रम स्विकृति दिन सुरु गरेका छन्। यसै क्रममा त्रियुगा नगरपालिकाले पनि आइतबारबाट वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरेको हो।

संघीय सरकारले वैदेशिक रोजगारीमा जानका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएसँगै त्रियुगा नगरपालिकाले पनि आइतवारबाटश्रम स्विकृति दिन सुरु गरेको नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए। उनका अनुसार यसरी श्रम स्विकृति दिँदा आफ्नो नगरपालिका भित्रको सम्पुर्ण विवरण प्राप्त हुने र वैदेशिक रोजगारीबाट फर्केर आएकालाई नयाँ काम दिने कार्यका लागि महत्वपुर्ण अभिलेख पनि हुनेछ।

श्रम स्विकृतिका लागि वडा नम्बर ६ का चिरन्जिवी पोखरेलले साउदी अरेबिया जानका लागि माग गरेको श्रम स्वीकृतिको निवेदनलाई सदर गर्दै नगरपालिकाले सो कार्यको प्रारम्भ गरेको हो।

संघीय सरकारले गत वैशाख ३ देखि संघ र प्रदेशमा रहेको श्रम स्वीकृत गर्ने सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्‍याउने निर्णय लिएको थियो।

प्रकाशित मिति: २०२३-०५-०८ , समय : १०:४१:०४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित