जदाहाबाट तीन जना फरार अभियुक्त पक्राउ

मिति: २०२३-०५-०८ , समय : १३:१३:११ , आवर प्रदेश

आवर प्रदेश

मोरङ। मोरङ जदाहा गाउँपालिका – ४ स्थित जयरामपुर टोल बस्ने वर्ष ३० को दिनेश कुमार मुखियालाई लेनदेनकाे बिगाे मुद्दामा जिल्ला अदालत मोरङले २०७९ माघ २७ गते ६ महिना तोकिएकाे र फरार कसुरदार आफ्नै गाँउ घरमा लुकीछिपी बसि रहेको अवस्थामा मुखियालाई पक्राउ गरेको छ ।

त्यसैगरी धनपालथान गाउँपालिका -५ स्थित बबियाटोल बस्ने वर्ष ४० संजय मण्डल बाेक्सिकाे आराेपमा फरार अभियुक्त समेत जिल्ला अदालत मोरङकाे फैसला २०७८ मंसिर ७ गते ५ बर्ष कैद र नगद पचास हजार रुपैयाँ जरिवना ताेकिएकाे थियो ।

त्यसैगरी साेहि स्थान बस्ने टेट्नु मण्डलको छोरी बर्ष ६० कि चम्पा देवी मण्डललाई ४ बर्ष ११ महिना १ दिन कैद र नगद पचास हजार रुपैयाँ जरिवना तोकिएकाे र उनिहरु आफ्नै गाँउ घरमा लुकीछिपी बसि रहेको अवस्थामा रंगेली प्रहरीले गाेप्य सुचनाकाे आधारमा तीन जनालाई पक्राउ गरेकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले बताए ।

प्रकाशित मिति: २०२३-०५-०८ , समय : १३:१३:११ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित