चर्चित राजनीतिक घटना कोतपर्वमाथि फिल्म बनाउँदै रिमेश अधिकारी
मिति: २०२३-०५-०८ , समय : १४:२३:३८ , आवर प्रदेश
मिति: २०२३-०५-०८ , समय : १४:२३:३८ , आवर प्रदेश
आवर प्रदेश
विराटनगर। ऐतिहासिक फिल्म निर्माणमा जुटेका निर्देशक रिमेश अधिकारीले ‘कोतपर्व’ निर्माण गर्ने भएका छन् । यसअघि इतिहाससँग जोडिएको ‘नालापानी’ फिल्म निर्माण गरिसकेका उनले नेपाली इतिहासको चर्चित राजनीतिक घटना कोतपर्वको कथावस्तुमा आधारित रहेर फिल्म ‘कोतपर्व’ निर्माण गर्न लागेका हुन् ।
अधिकारीले निर्देशन गर्न लागेको यो फिल्मको छायांकन आगामी माघ २१ गतेदेखि सुरु हुने भएको छ । अधिकारीका अनुसार फिल्मको पटकथा लेखन सकिएकाले टिम छायांकनको तयारीमा जुटेको छ ।
राणा प्रधानमन्त्री जंगबहादुरको उदयको रूपमा हेरिने उक्त घटनाबारे अनुसन्धान गर्न तीन वर्ष लागेको उनले जानकारी दिए । फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । अधिकारीका अनुसार फिल्ममा अहिले चलेका कुनै सुपरस्टार अभिनेतालाई जंगबहादुरको भूमिकामा अभिनय गराइने छ ।
उनले यो फिल्म पनि ‘नालापानी’ जस्तै इतिहासको नजिक रहेर बनाइने बताए । उनी भन्छन्, ‘यो फिल्म काल्पनिक हुँदैन । नालापानी फिल्मजस्तै इतिहासको नजिक रहेर यो फिल्म बन्नेछ ।’
काठमाडौं र चितवनमा छायांकन हुने यो फिल्म नेपालीसहित हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने अधिकारीले जानकारी दिए ।
फिल्म निर्माणका लागि इतिहासविद्सँग छलफल गरेर तथ्यहरू तयार पारिएको उनले बताए । चिनियाँ वितरकसँग पनि चीनमा रिलिज गर्नेबारे छलफल भइरहेको रिमेशले जानकारी दिए । फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको स्टुडियोमा गर्ने तयारी रहेको उनले बताए ।
उनी भन्छन्, ‘नालापानीमा भएको कमी–कमजोरीलाई सुधार्दै यसपटक उत्कृष्ट र स्तरीय फिल्म बनाउने तयारीमा छौँ ।’
विक्रम सम्वत १९०३ असोज २ गते भएको कोतपर्वपछि जंगबहादुर शक्तिमा आएका थिए । त्यसपछि १०४ वर्षसम्म नेपालमा जहाँनिया राणाशासन चलेको थियो ।
प्रकाशित मिति: २०२३-०५-०८ , समय : १४:२३:३८ , २ वर्ष अगाडि