आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मिति: २०२३-०५-०८ , समय : १५:२८:१५ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २५ वैशाख। कैलाली, जोशीपुर गाउँपालिका-५ बनकट्टा बस्ने राम प्रसाद चौधरीको कुखुरा फर्ममा गहुँको भुसामा लगाएको आगोबाट आगो सल्किएर आइतबार दिउँसो आगलागी हुँदा फर्म पूर्णरुपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यसैगरि सिन्धुली, कमलामाई नगरपालिका-२ भोटेश्वरा बस्ने शुभलाल घलानको घरमा शनिबार दिउँसो आगलागी हुँदा कपडा र भाडावर्तन जलेर करिब २० हजार रूपैँया बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: २०२३-०५-०८ , समय : १५:२८:१५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित