अवैध लागूऔषधसहित चार जना पक्राउ

मिति: २०२३-०५-०८ , समय : १५:४७:५२ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २५ वैशाख। पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्कबाट अवैध लागूऔषध नाइट्राभेट २५ ट्याब्लेट, ट्रामवेल १० ट्याब्लेट, ट्रामोल २४ पिस र स्टागान १४ पिससहित २ जनालाई आइतबार साँझ प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका-४ बस्ने २० वर्षीय दिपेश राई र कैलाली टिकापुर नगरपालिका(५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । शंकास्पद रुपमा हिँडिरहेको उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्सैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलीग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने २३ वर्षीय खिम बहादुर विक र सोही ठाउँ बस्ने २० वर्षीय शिवा थारु रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०८ , समय : १५:४७:५२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित