बिराटनगर बाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मिति: २०२३-०५-०९ , समय : १०:०६:४० , आवर प्रदेश

आवर प्रदेश

मोरङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-८ हाटखोला बस्ने २४ वर्षीय प्रवेश बस्नेतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका-७ स्थित मकै बारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : १०:०६:४० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्