प्रचण्डसहित तीन ठूला दलका शीर्ष नेताहरूबीच छलफल
मिति: २०२३-०५-०९ , समय : १०:१८:५४ , आवर प्रदेश
मिति: २०२३-०५-०९ , समय : १०:१८:५४ , आवर प्रदेश
आवर प्रदेश
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन ठूला दलका शीर्ष नेताहरूबीच अहिले छलफल चलिरहेको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेको हो ।
तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक राजनीतिक विषयमा कुराकानी हुने बताइएको छ ।
संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।त्यसको भोलिपल्ट शीर्ष नेताहरू संवादमा जुटेका हुन् ।
प्रकाशित मिति: २०२३-०५-०९ , समय : १०:१८:५४ , २ वर्ष अगाडि