रंगेलीमा औषधीको दुरूपयोग रोक्न जोड

मिति: २०२३-०५-०९ , समय : १२:३२:४४ , आवर प्रदेश

आवर प्रदेश

रबिन्द्र बराल

बैशाख , २६ मंगलबार। लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

रंगेली नगरपालिका- ७ स्थित तिरुपति बालाजी मंन्दिरकाे सभाहलमा नेपाल औषधी व्यवसायी संघ मोरङले साेमबार एक कार्यक्रमकाे आयोजना गर्दे चिकित्सकको प्रेसक्रिप्सन विना लागु तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले समाजका युवाहरु कुलतमा फस्ने सम्भावना बडदै गएकाे सहभागीहरुले बताए ।
नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी अधिकृत अनिल परियारले औषधीको समचीत प्रयोग बढाउने र अनुचित प्रयोग घटाएर लैजान सबैको साथ सहयोग आवश्यक रहेको बताए । औषधी व्यवसायीहरुलाई सचेत गराउनका लागि यस्तो कार्यक्रम काे आयोजना गरिएको समेत बताए ।

आफु खुसी बिक्री वितरण गरेको पाइए औषधी ऐन २०३५ अनुसार कारवाहीको भागिदार हुुनुपर्ने र पछिल्लो समय लागु तथा मनोद्धिपक औषधि चरम दुरूपयोग बढेको उल्लेख गर्दै उनले औषधी व्यवसायीहरू सचेत हुन जरुरी रहेको समेत बताए । चिकित्सकको सिफारिस गरे अनुसार लागु तथा मनोद्धिपक औषधिको सेवनले विरामी ठिक हुने गर्दछ,’ उनले भने, ‘तर, यही औषधी गलत तरिकाले अनुचित रुपमा विक्री वितरण गर्दा दुव्र्येसनीले सेवन गरेको सहभागी हरुले बताए ।

कार्यक्रममा रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका , रतुवामाई नगरपालिका ,धनपालथान गाउँ पालिका, र कानेपाेखरी गाउँपालिकाकाे ओैषधि व्यवसायहरुकाे सहभागी हुनुका साथै रंगेली नगरपालिकाकी उप मेयर भुमा पराजुली ,इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र बहादुर खड्का, सिजुवाका प्रमुख प्रहरी निरीक्षक डुण्डी गिरी, नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, देशबन्धु ढकाल रंगेलीका ओैषधि ब्यवसायका नरेश मंण्डल, शिशुपाल यादव, रुपेश मंण्डल, अर्विन मंण्डल लगायत सहभागी रहेको थियो ।

आन्तरीक राजस्व कार्यालय विराटनगरका कर अधिकृत प्रेम प्रसाद मण्डल अभिमुखिकरण गराएका थिए ।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : १२:३२:४४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित