कोचिला प्रदेश बनाउनु पर्ने : विश्वास

मिति: २०२३-०५-११ , समय : १३:३४:०८ , आवर प्रदेश

आवर प्रदेश

विराटनगर । समावेशी समाजवादी पार्टी नेपालका अध्यक्ष किशोरकुमार विश्वासले थरुहट कोचिला सहितको ११ वटा प्रदेश बनाउनु पर्ने बताएका छन् ।

पहिचान र सामथ्र्यको आधारमा राज्यको पुनहः प्रदेशको संरचना बनाउनु पर्ने उनले बताएका हुन । विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरेर मधेश प्रदेशको सप्तरी र सिरहा सहित कोशी प्रदेशको सुनसरी , मोरङ , झापा र उदयपुर जोडेर थरुहट कोचिला प्रदेश बनाउनु पर्ने उनले बताएका हुन ।

प्रदेश सरकारले प्रदेश १को नाम कोशी बहुमतका साथ पारित गरेपछि व्यापक रुपमा किरात राई यायोख्खाले ‘किरात’ प्रदेश नाम राख्न दवावमुलक विभिन्न कार्यक्रम गर्दै आएका बेला अध्यक्ष विश्वासले प्रदेशको सिमाकरण फेरिनु पर्ने बताए ।
उनले भने –‘ प्रदेशको नाम परिवर्तन गर्ने हैन , सिमाकरण नै फेरिनु पर्ने आवश्कता छ ।’
पहिचान र साम्र्थका अधारमा थरुहट कोचिला सहितको ११ प्रदेश बनाउनु पर्ने माग गरेका हुन । कोशी प्रदेशको उदयपुर, सुनसरी, मोरङ र झापा सहित मधेश प्रदेशको सप्तरी ,सिरहाका थारु र राजवंशी सहितका मधेशीहरुको पहिचान झल्किने गरि थरुहट कोचिला प्रदेश बनाउनु पर्ने उनको माग रहेको छ ।

कोशी प्रदेशमा राई, लिम्बूहरूको मात्रै पहिचान झल्किने नामकरण आफुहरुले स्वीकार नगर्ने उनले बताए । दुई तीहाई जनसंख्या रहेका उदयपुर, सुनसरी, मोरङ र झापाका बासिन्दाको पहिचान झल्किने ‘थरुहट–कोचिला नामाकरण गर्न विभिन्न पार्टी र संघ संगठन संग कार्यगत एकता र सहकार्य गर्ने काम सुरु भएको उनले बताए ।एकल जातीय मनोविज्ञानका कारण देश हाम्रो भएपनि राज्य हाम्रो नभएको उनले बताए । एक अर्को प्रसङमा उनले भ्रष्टाचारीलाई नियन्त्रण गर्ने ठोस कानुन नरहेको बताए । उनले राज्यले तत्काल कडा कानुन बनाएर भ्रष्टचारी कारवाहीको दायरामा ल्याउनु पर्ने बताए ।

उता कोशी प्रदेशको पुनः नामाकरणको हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समितिले कोशी नाम खारेजी जागरण अभियानअन्तर्गत आमसभा, बहिष्कार, तालाबन्दी, कालो झण्डा गाड्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिले कोशी नामाङ्करणमा हस्ताक्षर गर्ने सांसद र प्रमुख दलका नेताविरुद्ध उनीहरु सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने र उनीहरुलाई होटलमा बस्न र कार्यक्रम नगर्न हल नदिन आग्रह गर्ने जनाएको छ ।

 

प्रकाशित मिति: २०२३-०५-११ , समय : १३:३४:०८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित