रामेछापमा १० वर्षीय बालिकाको डुबेर मृत्यु

मिति: २०२३-०५-११ , समय : १४:३८:३३ , आवर प्रदेश

आवर प्रदेश

रामेछाप, २८ वैशाख। मन्थली नगरपालिका-४ सालु गैराथोक बस्ने भक्त बहादुर बलमपाखिकी छोरी १० वर्षीया महन कुमारी बलमपाखीको सोही ठाउँस्थित पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

पोखरीमा डुबेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल मन्थलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-११ , समय : १४:३८:३३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्