प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखलाई निर्देशन तथा कार्य सम्पादन समिक्षा
मिति: २०२३-०५-११ , समय : १८:०८:३९ , आवर प्रदेश
मिति: २०२३-०५-११ , समय : १८:०८:३९ , आवर प्रदेश
आवर प्रदेश
बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले Virtual माध्यमद्वारा जिल्ला प्रहरी प्रमुखलाई निर्देशन तथा कार्य सम्पादन समिक्षा सम्वन्धि अन्तरक्रिया गर्नु भएको छ ।
आज अपरान्ह भएको Virtual कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले नेपाल प्रहरी प्रधान कार्यालय तथा कोशी प्रदेश प्रहरी कार्यालयबाट भएको आदेश निर्देशनको कार्यान्वयन तथा प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरणहरुको जिल्लागत समिक्षा गरिएको थियो ।
समिक्षा कार्यक्रममा पेण्डिङ मुद्दा, फरार प्रतिवादी पक्राउ, भन्सार चोरी तस्करी नियन्त्रण, सामुदाय प्रहरी साझेदारी कार्यक्रम सम्बन्धी भए गरेको प्रगति बिवरणको समिक्षा गरिएको थियो । यसै गरी आगामि दिनमा संचालमा रहेका सचेतामुलक कार्यक्रमहरुलाई थप ब्यवस्थित र प्रभावकारी बनाउदै लैजाने तथा कुनै अप्रिय घटना घटन नपाउने गरी प्रहरी परिचालन गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनु भयो ।
प्रकाशित मिति: २०२३-०५-११ , समय : १८:०८:३९ , २ वर्ष अगाडि