भ्रष्टाचार विरुद्धको खबरदारीमा सहभागी हुन समर्थकहरूलाई लामिछानेको आग्रह
मिति: २०२३-०५-१२ , समय : ११:१६:५० , आवर प्रदेश
मिति: २०२३-०५-१२ , समय : ११:१६:५० , आवर प्रदेश
आवर प्रदेश
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार विरुद्धको खबरदारीमा सहभागी हुन समर्थकहरूलाई आग्रह गरेका छन् । भ्रष्टाचार मुलुकको साझा दुस्मन भएको भन्दै सचेत नागरिकका हिसाबले भ्रष्टाचारविरुद्ध एकजुट हुन उनले आग्रह गरेका हुन् ।
पार्टीको झण्डा र नारा नबोकी देशभर भ्रष्टाचारविद्धका कार्यक्रममा सहभागी हुन समर्थकहरूलाई उनले आग्रह गरेका छन् । ‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो। त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु,’ भ्रष्टाचारविरु्द्ध नारायणचौर नक्सालमा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिँदै उनले भनेका छन्, ‘राम्रो काम जसले गरे पनि सघाउनु पर्छ।
देशभर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनुहोला । भ्रष्टाचारविरुद्ध एक हौं। नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौं।’
प्रकाशित मिति: २०२३-०५-१२ , समय : ११:१६:५० , २ वर्ष अगाडि