कैलालीको एक रेस्टुरेन्ट एन्ड बारमा बेहोस भेटिएका युवकको मृत्यु

मिति: २०२३-०५-१६ , समय : १२:२२:०० , ourpradesh

ourpradesh

कैलालीको धनगढी उपमहानगरपालिका–३, ट्राफिक चोकस्थित सुभश्री रेस्टुरेन्ट एन्ड बारमा बेहोस भेटिएका युवकको मृत्यु भएको छ ।

बारमा बेहोस भेटिएका अन्दाजी ३८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति नै मृत्यु भएको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।

उपचारका क्रममा उनको राति साढे ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : १२:२२:०० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित