नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि ,चाँदीको मूल्य स्थिर
मिति: २०२३-०५-१६ , समय : १२:३१:०३ , ourpradesh
मिति: २०२३-०५-१६ , समय : १२:३१:०३ , ourpradesh
ourpradesh
मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
गत कारोबार दिन अर्थात् सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला एक सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: २०२३-०५-१६ , समय : १२:३१:०३ , २ वर्ष अगाडि