नेप्सेमा आज १५.७६ अंकको गिरावट
मिति: २०२३-०३-२२ , समय : १७:०३:४१ , आवर प्रदेश
मिति: २०२३-०३-२२ , समय : १७:०३:४१ , आवर प्रदेश
आवर प्रदेश
नेप्सेमा आज १५.७६ अंकको गिरावट आएको छ । नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.८१ प्रतिशतले घटेर परिसूचक १९३३ अंकमा पुगेको हो ।
आज १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा ३७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
परिसूचक घटेपनि आज ३८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १६६ वटा कम्पनीको सेयर मूल्य घट्दा १० वटाको भने बढेको छ । यसक्रममा आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्दै २९२ रुपैयाँमा पुगेको छ । यस्तै, आज बोटलर्स नेपाल तराईको सेयर मूल्य ७.६२ प्रतिशतले घटेको छ ।
परिसूचक उच्च अंकले घट्दा आज सबै समूहमा गिरावट आएको छ ।
प्रकाशित मिति: २०२३-०३-२२ , समय : १७:०३:४१ , २ वर्ष अगाडि