रेशम चौधरीको मुद्दामा तीन दिन देखि जारी बहस आज सकियो

मिति: २०२३-०५-१६ , समय : १९:०५:४८ , ourpradesh

ourpradesh

विराटनगर । रेशम चौधरीको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको तीन दिन देखि जारी बहस आज सकिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार बहस पैरवी सकिएको र आजै फैसला आउने संभावना रहेको छ ।

न्यायाधीश आनन्दमहोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा बहस सकिएको हो। इजलासले आजै फैसला सुनाउने तयारी गरेको बताईएको छ ।यसअघि सोमबार सो मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। यो मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो।

सरकारले वैशाख २८ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई छुटाउनेगरी कानुन बनाउन केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको थियो ।मुद्दा २०७७ साल फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो। ०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले टीकापुर घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

२०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। थरुहटको आन्दोनका क्रममा ०७२ भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना मारिएका थिए ।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : १९:०५:४८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित