उर्लावारीमा ब्राउन सुगर बरामत

मिति: २०२३-०५-१७ , समय : १२:३८:३३ , ourpradesh

ourpradesh

विराटनगर । मोरङको उर्लाबारी वाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर खरिद बिक्रि गरिरहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उर्लावारी नगरपालिका ४ वाट लागुऔषध ब्राउन सुगर खरिद बिक्री गरिरहेको अवस्थामा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका – ४का संजय प्रधान र अर्जुन श्रेष्ठ रहेका छन् । ् गोप्य सुचनाको आधारमा बक्रहा खोलाको पुल नजिकै रहेको मलामी चौतारी नजिक वाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इप्रका उर्लाबारी वाट खटिएका प्रहरी टोलीले मे ५ प.८८२४ नम्बरको मोटरसाईकल रोकी चेक जाँच गर्ने क्रममा ४ ग्राम ७६० मिलि ग्राम खैरो हिरोईन (ब्राउन सुगर) संजय प्रधानलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता नायव रञ्जन दाहालका अनुसार उर्लाबारी – ४ का ३१ वर्षिय अर्जुन श्रेष्ठलाई किसान चोकबाट २ ग्राम ४ सय ९० ग्राम खैरो हिरोईन ( ब्राउनसुगर) खरिद बिक्री गरीरहेको अवस्थामा पक्राउ गरेको हो । प्रदेश न. ०१–०२–०५०–प– ५४४४ नम्बरको मोटरसाईकल चेक जाँच गर्दा पक्राउ परेको उनले जानकारी दिए ।

smart

पक्राउ परेका दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जानएको छ ।

प्रकाशित मिति: २०२३-०५-१७ , समय : १२:३८:३३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित