दर्शकको मन जित्दै अन्जली
मिति: २०२३-०३-२२ , समय : १७:५६:०४ , आवर प्रदेश
मिति: २०२३-०३-२२ , समय : १७:५६:०४ , आवर प्रदेश
आवर प्रदेश
मोडलिङ्गमा क्षेत्रमा आफ्नो करियर बनाउन वर्षेनी हजारौंको संख्यामा युवा युवतिहरु सपनाको शहर काठमाण्डौ आउने गर्छ । अथक मेहनत र वर्षौंको संघर्ष पश्चात केहि मात्रले अफ्नो स्थान बनाउन सफल हुन्छ । ती मध्ये एक हुन १९ बर्षीय अन्जली थापा । कोशी प्रदेशको पथरिशनिश्चारे नगरपालिका निवासी अन्जली हाल काठमाण्डौमा आफ्नो प्रतिभाले सबैको मन जितेकी छिन् । बिगत २ वर्ष देखि मोडलिङ्गमा संघर्षरत अन्जलीले अभिनय गरेको केहि म्युजिक भिडियोहरु बजारमा आउने लागेको छ । साथै विभिन्न फेसन शो मा आफ्नो प्रस्तुतिले दर्शकहरुको मन जितेकी छिन् । अन्जलि सन् २०२२ को मिस प्लस टु नेपालको बिजेता समेत हुन्। उनले बेष्ट मोडलको अवार्ड समेत जितेकी छिन्। तिनै अन्जलिको जीवन यात्रा र संघर्षको विषयमा हिपमतकर्मी बिरेन्द्र कुमार साहले गरेको कुराकानीको संपादित अंश ।
मोडलिङ्गमा कहिले देखी लाग्नु भयो ?
हुनतः म सानै देखि कलाकार बन्न चाहन्थे, स्कुल पढदा देखि नै म अभिनय गर्थे, फेशन शो जस्ता कार्यक्रमहरुमा सहभागि हुन्थे तर काडमाण्डौ आएर पढाईसंगै काम गरेको दुई वर्ष भएको हो । वाल्यकालमा कलाकार बन्ने रहर नै मेरो लक्ष्य हो र त्यही पुरा गर्न विगत दुई वर्ष देखि सपनाको नगरि काठमाण्डौमा संघर्ष गरी रहेकि छु । यो दुई वर्षमा मैले धेरै अनुभव पाएको छु । दर्शकहरुको माया पाएको छु र वाहाँहरुको मायाको सम्मान गर्न सधै संघर्ष गरि रहन्छु । अहिले केहि ब्युटी प्याजनामा निर्णायकको भूमिका समेत निर्वाह गरेको छु।
. यो क्षेत्रमा लागेर के पाउनु भयो के गुमाउनु भयो ?
अहिले सम्म गुमाएको जस्तो मलाई केहि लागेन । पाउन चाहीं धेरै नै पाएको छु । सोंचे भन्दा बढी नै पाएको छु । नाम र दाम त आफ्नो ठाउँमा छदैछ तर, त्यो भन्दा पनि बढी दर्शकको माया, वहाँहरुले दिनु भएको सम्मान मेरो लागि ठुलो उपलब्धी हो । एउटा कलाकारको लागि दशर्कको माया भन्दा अरु के चाहिन्छ ? मेरो लागि त्यो नै सब भन्दा ठुलो उपलब्धी हो ।
. कुनै ठूलो अफर जुन तपाईले गर्न ईनकार गर्नु भयो ?
मिस टुरिजम नेपालको लागि अफर आएको थियो तर पढाईको कारणले म त्यो गर्न असमर्थ भए। साथै यस्तो अन्य केहि म्युजिक भिडियोमा पनि अफर आएको थियो तर राम्रो टिम नभएको कारणले पनि मैले ईनकार गरेको थिए।
. यस क्षेत्रमा नयाँ कलाकारलाई टिकी रहन कतिको समस्या छ ?
समस्या भन्दा पनि कलाकारको आफ्नो सोंच, आफ्नो अभिनय र आफ्नो कार्य प्रति ध्यान दिनु जरुरी छ । यस क्षेत्रमा नयाँ पुरानो केहि हुँदैन । मात्र उसको कार्य दक्षता र अभिनय नै बलियो आधार हुन्छ । किनभने कलाकारको लागि दर्शक नै सबभन्दा ठुलो हो । वहाँहरु हरेक कुरा छुटयाउनु हुन्छ र दर्शकको निर्णय नै अन्तिम निर्णय हुन्छ । त्यसैले यस क्षेत्रमा कहिले घमण्ड गर्नु हुदैन । आफ्नो करियर माथी लगनशिल भएर मेहनत गर्नु पर्छ ।
. अहिलेसम्म प्रेममा पर्नु भएको छ ?
यो संसारमा माया बिना को नै बाचेको छ र ? सबैलाई माया चाहिन्छ, सबैलाई प्रेम चाहिनछ तर, विहे गर्नको लागि आफ्नो जीवन साथीको लागि जुन प्रेमको तपाइँ कुरा गर्नु भएको छ त्यो अहिले भएको छैन । राम्रो साथी (केटा) भेटाए उहीं पछि जीवन साथी पनि हुनसक्छ ।
.सेक्सको विषयमा तपाईको धारणा के छ ?
सेक्स एउटा शारिरीक क्रिया हो । यसलाई ठूलो इस्सुको हिसाबमा लिन अहिलेको समयमा उपयुक्त होइन । मन मिलने साथी संग शारिरीक सम्बन्ध बनाउन सकिने मेरो मान्यता हो । त्यसको लागि बिहे नै हुनु पर्ने वा वायप्रेन्ड नै हुनु पर्ने भन्ने जास्तो मलाई लाग्दैन ।
. तपाई आफुलाई मोडलिङ्गमै सिमित हुने हो की अरु केही सपना छ तपाईको ?
म प्रायः सपना कै दुनियामा नै हुन्छु । अनगिन्ति सपनाहरु छन् मेरा तर, अहिले त्यो भन्दिन । एउटा ठुलो सपना चै राम्रो वकिल बन्ने छ अन्य सपनाहरु क्रमस पुरा हुँदै जाँदा सबभन्दा पहिला तपाईलाई नै भन्छु ।
. घर गृहस्तीको विषयमा के हि सोच्नु भएको छ ?
होइन, अहिले त्यस्तो केही सोंचेको छैन । किनभने अहिले मलाई मेरो करियरमा ध्यान दिनु जरुरी छ । आफ्नो सपना साकार पार्नु छ । तर, मलाई बुझ्ने, म माथी विश्वाश गर्ने, मलाई माया गर्ने र मेरो कामलाई साथ दिने मान्छे भेटायो भने पछि केहि सोच्न सकिन्छ ।
. अन्तयमा के भन्न चाहनु हुन्छ ?
सब भन्दा पहिला त म मेरो कामलाई माया गर्ने सम्पूर्ण दशर्क, प्रशंसक, शुभेच्छुकलाई धन्यवाद दिन चाहन्छु । साथै सबै संग के आग्रह गर्न चाहन्छु भन्ने सबैलाई माया गर्नुस्, आदर गर्नुस, सकिदैन भने कसैलाई कुभलो नचिताउनुस्, कसैलाई नराम्रो नगर्नुस र नभन्नुस् यही मेरो आग्रह हो । अन्तयमा मेरो बारेमा यति राम्रो लेखिदिनु हुने मित्र बीरेन्द्रकुमार साह तथा हिपमत डटकम परिवारलाई धेरै धेरै धन्यवाद छ ।
प्रकाशित मिति: २०२३-०३-२२ , समय : १७:५६:०४ , २ वर्ष अगाडि