नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दको घोषणा
मिति: २०२३-०५-१७ , समय : १६:१०:५३ , ourpradesh
मिति: २०२३-०५-१७ , समय : १६:१०:५३ , ourpradesh
ourpradesh
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेका छन् । पार्टीले अघि सारेको माग तत्काल सम्बोधन नभए नेपाल बन्द गर्ने घोषणा सो पार्टीले गरेको हो । टिकापुरको घटना राजनीतिक भएकाले लाल आयोगको प्रतिबेदन सार्वजनिक नगरे नेपाल बन्द गर्ने घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताए । उनले पत्रकार सम्मेलनको आयोजना गरेर टीकापुर घटना राजनीतिक घटना भएकाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र रेशम चौधरी लगायतलाई रिहाई गर्नुपर्ने बताएका हुन्।
उनले यो अदालती मुद्दा नभई राजनीतिक भएकाले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए। उनले आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने घोषणासमेत गरे। उनले नाउपाले जेठ ३, ४, ५ गते कोणसभा र विरोध प्रदर्शन गर्ने बताए ।
भण्डारीले त्यति बेलासम्म पनि माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरे।टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसला सर्वोच्च अदालतले सदर गरेको हो। मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद सजाय सदर गरेपछि नागरिक उन्मु्क्ति पार्टीका संरक्षक समेत रहेका चौधरी जेलमुक्त नभएका हुन्।
प्रकाशित मिति: २०२३-०५-१७ , समय : १६:१०:५३ , २ वर्ष अगाडि