नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई निलम्बन गर्नुपर्ने ;डा. शेखर कोइराला

मिति: २०२३-०५-१७ , समय : १७:२४:३३ , ourpradesh

ourpradesh

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिसकेका बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने बताएका छन । ढाकछोप नगरी काग्रेस नेता खाँणलाई तत्काल निलम्बन गर्नु पर्ने उनले बताएका हुन ।

आज राजधानीमा आयोजित विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले भने,’यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ भन्ने म भन्न सक्दैनँ।
कांग्रेसकै मात्रै नभएर देशको अवस्था नाजुक भएर जाने उनले बताए । यो मुद्दा नेपालभित्र मात्रै सीमित छैन उनले भने –‘ यो अन्तराष्ट्रियकरण भइसकेको छ।‘ नेपालका प्रहरीले जुन तागत पाइसकेका छन् त्यो त्यसै आएको होइन भन्ने पनि बुझौं।’
छानबिन कमजोर बनाउने प्रयास भइरहेको उनले बताए । उनले भने –‘ यो प्रकरण अन्तर्राष्ट्रिय भएकाले ढाकछोप गरिए मुलुकलाई घात हुने छ ।‘ खाँण हाल प्रहरी हिरासतमा छन्।

’भ्रष्टाचारको यो जालोले भोलि क–कसलाई हान्छ त्यो आफ्नो ठाउँमा छ। यो मुद्दालाई अलिकति कमजोर बनाएर अरू मुद्दाहरू ल्याइएला कि भन्ने चिन्ता लागेको छ। त्यतातिर पनि ध्यान दिन जरूरी छ,’उनले भने,’ यो मुद्दा नेपालको सार्वभौमिकतामाथि नै प्रहार भइरहेको छ। देशका नागरिकहरूलाई अनागरिक बनाएर मानव बेखविखन गर्नेभन्दा लज्जास्पद केही हुन सक्दैन।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणले देशकै शीर निहुरिएको र राष्ट्रघाती काम भएको भन्दै घटनाका दोषीलाई कुनै पनि हालतमा छोड्न नहुने बताए।

प्रकाशित मिति: २०२३-०५-१७ , समय : १७:२४:३३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित