शनिवार देखि जाँतेमा नकआउट फुटवल हुँदै
मिति: २०२३-०५-१८ , समय : १२:३१:५२ , आवर प्रदेश
मिति: २०२३-०५-१८ , समय : १२:३१:५२ , आवर प्रदेश
आवर प्रदेश
जाँते । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ शनिवार देखि लेटाङमा नकआउट फुटवल प्रतियोगिता हुदैँछ । जाँते फुटवल क्लवको आयोजनामा हुने उक्त प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।
सदावहादर सामुदायिक बन उपभोक्ता समुह लेटाङ ९ जाँते र उज्यालो जीवन प्रतिष्ठान नेपालको मुख्य आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन हुने जाँते फुटवल क्लवका अध्यक्ष निश्चल राईले जानकारी दिनुभयो ।
साकेला फुटवल मैदान लेटाङ ९ पारुहाङ चौक दक्षिणमा पर्ने उक्त खेल मैदानमा बर्षेनी हुने प्रतियाेगिता विगतका बर्ष देखिनै निरन्तर भईरहेका छन् ।
प्रकाशित मिति: २०२३-०५-१८ , समय : १२:३१:५२ , २ वर्ष अगाडि