लेटाङमा ठेउलाको संक्रमण देखिदै , सचेत रहन आग्रह
मिति: २०२३-०५-१८ , समय : १२:३५:३५ , आवर प्रदेश
मिति: २०२३-०५-१८ , समय : १२:३५:३५ , आवर प्रदेश
आवर प्रदेश
लेटाङ । लेटाङमा बालबालिकाहरुलाई सरुवा रोग ठेउला देखा परेपछी सचेत रहन आग्रह गरिएको छ । जिउमा पानीफोका निस्कने , ज्वरो आउने , कमजोरी महसुस हुने लगायतका लक्षण देखा परे घरमै आराम गर्न अनुरोध गरिएको छ ।
लेटाङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले जारी गरेको एक सुचनामा सम्पुर्ण वडा बासि हरुमा विशेष अनुरोध सहित वडाका बिभिन्न टोलमा बिशेष गरि बालबालिका हरुमा ठेउला आउने समस्या देखिएको छ ।
ठेउला एक प्रकारको सरुवा रोग भएको हुँदा तेस्तो समस्या भएमा बिरामीहरुलाई झोलिलो पदार्थ खुवाउने,बाहिर हिडडुल नगरि घरमै आराम गर्ने,घरका अन्य परिवार सङ्ग समेत भौतिक दुरि कायम गर्ने,बिध्यार्थिहरु भए यो अबस्थामा बिध्यालय नजाने र घर मै आराम गर्ने साथै ठेउला सङ्गै ज्वरो समेत आउने स्वास्थ्य केन्द्रमा आएर जचाएर स्वास्थ्यकर्मिको सल्लाह अनुसार औषधी सेवन सेवन गर्न /गराउन हुन हार्दिक अनुरोध गरिएको छ ।
स्वास्थ्य सम्बन्धी थप स्वास्थ्य परामर्स लिनु परेमा प्राथामिक स्वास्थ्य केन्द्र लेटाङका डा.कमलकान्त गोइत 9825493001
शिबनारायण यादब -पिएचसि लेटाङ 9820701440 ,सुनमाया राइ- आ.स्वा.केन्द्र २ नंबर लेटाङलाई 9815341896 मा सम्पर्क गर्न सकिने छ ।
प्रकाशित मिति: २०२३-०५-१८ , समय : १२:३५:३५ , २ वर्ष अगाडि