लगातार तेस्रो दिन शेयर बजारमा सुधार, नेप्से परिसूचक ३२ अंकले बढ्याे

मिति: २०२३-०५-१८ , समय : १७:५२:०० , आवर प्रदेश

आवर प्रदेश

काठमाडौ । शेयर बजारमा साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सुधार आएको छ ।

बिहीबार नेप्से परिसूचक ३२ दशमलव ३० अंकले बढेर १८ सय ७७ अंकमा पुगेको हो । बिहीबार सेयर बजारका सबै सूचक बढेका हुन् । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य बढेको छ ।

बुधबार ८५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज बढेर १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको भएको हो । आज २०४ कम्पनीको मूल्य बढ्दा ११ कम्पनीको भने शेयर मूल्य घटेको छ ।

त्यस्तै, ४ कम्पनीको स्थिर रहृयो । बैंकिङ १३, विकास बैंक ८७, फाइनान्स ३३, होटल तथा पर्यटन १२८, जलविद्युत् ६४, जीवन बीमा १९४, उत्पादन ४२, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा १४८, अन्य ११ र ब्यापार उपसमूह ७४ अंकले बढेको छ । आज हिमालय ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १०–१० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा नेपाल टेलिकम, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, एभरेस्ट बैंक र नागरिक लगानी कोष अगाडि रहे ।

प्रकाशित मिति: २०२३-०५-१८ , समय : १७:५२:०० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्