मेरो कामको लोकप्रियता देखेर मलाई बदनाम गरियो वडा अध्यक्ष :खड्का
मिति: २०२३-०५-२३ , समय : १०:५५:३२ , आवर प्रदेश
मिति: २०२३-०५-२३ , समय : १०:५५:३२ , आवर प्रदेश
आवर प्रदेश
पथरीशनिश्चरे। मोरङको पथरीशनिश्चरे ५ का वडाध्यक्ष चेतेन्द्र खड्काले वडा कार्यलयले कुनै पनि भू–माफियाहरूसँग मिलेमतो नरहेको प्रष्ट पारेको छ । आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै वडाध्यक्ष खड्काले जग्गाधनीलाई नेपाल सरकारले दिएका निस्साका आधारमा वडा कार्यालयले सिफारिस दिएको जनाएको छ ।
जग्गाधनीद्वय योगेन्द्र कटुवाल र अम्बिका वोहोरा क्षेत्रीले २०७९ पुस १७ जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि पाउँ भनी निवेदन दिएका थिए । विज्ञप्तिमा निवेदनका साथमा नापी विभागले दिएको जग्गाको नक्शा , पथरीशनिश्चरे नगरपालिकामा जग्गाको मालपोत तिरेको रसिद सहित निवेदन दिएपछि वडा कार्यालयले प्रतिलिपिका लागि सिफारिस दिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ– वडा कार्यालयले जग्गाको स्रेस्ता कायम गरेर कसैलाई बसोवासको सिफारिस गरेको होइन् ।
भूमाफियासँग मिलेर सिंगो गाउँ नै वडाध्यक्षले बिक्री गरेको भन्ने कपोकल्पित समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा मिलेर बसेको समाजलाई भड्काउने र भिडाउने खालका समाचार प्रकाशन नगर्न आग्रह गरिएको छ । वडाध्यक्ष खड्काले आफ्नो र जग्गाधनी प्रमाणपुर्जा बाहकको कुरा नराखी एकपक्षीय रुपमा समाचार आएको भन्दै सत्य तथ्य रुपमा बुझेर समाचार प्रकाशन गर्न आग्रह गरेका छन् । आफूले कुनै ब्यक्तिसँग आर्थिक लेनदेन गरेको प्रमाण पु¥याएर आउन चेतावनी दिँदै उनले प्रमाण लिएर आए कानूनी कार्यवाही भोग्न तयार रहेको बताएका छन् । उनले भनेका छन् –त्यहाँ रहेका भनिएका ३६ परिवारलाई वडाको तर्फबाट आफूले गर्नुपर्ने कुनै पनि कसुर बाँकी नराख्ने बताएका छन् ।
समाजमा बस्दा रहँदा कोही कसैप्रति भएको सामान्य बिवादलाई समाजकै केही ब्यक्तिले मेरो ब्यक्तिगत जीवनसँग जोडेर मिडियावाजी भएको उनको भनाई छ । उनले भनेका छन्– मेरो कोही प्रति आग्रह पूर्वाग्रह छैन् । तर, केही साथीहरू विषय तोडमोड गरेर म र सिंगो वडा प्रति खनिनु भएको छ । मैले कहिँ कतै कुनै प्रकारको आर्थिक लेनदेन गरेको छैन, त्यसैले म नियमित कार्यालय गएर वडावासीलाई सेवा दिइरहेको छु , उनले भनेका छन् ।
प्रकाशित मिति: २०२३-०५-२३ , समय : १०:५५:३२ , २ वर्ष अगाडि