धोबी फूटबल क्लब क्वाटरफाईनल प्रबेश

मिति: २०२३-०५-२३ , समय : ११:००:३० , आवर प्रदेश

आवर प्रदेश

जाँते । जाँते फूटबल क्लब (बि) र धोबी फुटबल क्लब बिचको खेलमा आज धोबी एफसी बिजय भएको छ । यो संगै धोबी क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

धोबि क्लबका जर्सी नं. १८ का अरुण मगरले दोश्रो हाफको २० औ मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको छ ।
भोलिको खेल सलल फूटबल क्लब र सनराईज क्लब बिच हुनेछ ।

जाँते फूटबल क्लब लेटाङ ९ को आयोजनामा भएको प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन । ११ गते सम्म क्वाटरफाईनलका खेलहरु हुनेछन । १२ र १३ गते सेमिफाईनल खेल हुनेछन भने १५ गते फाईनल खेल हुनेछन ।

सदाबहार सामुदायिक बन र उज्यालो जीवन प्रतिस्ठान नेपालको सहयोगमा प्रतियोगिता सन्चालन भईरहेको आयोजक क्लबका अध्यक्ष निश्चल राईले बताएका छन ।

प्रकाशित मिति: २०२३-०५-२३ , समय : ११:००:३० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्