भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
मिति: २०२३-०३-२३ , समय : १०:५९:०० , आवर प्रदेश
मिति: २०२३-०३-२३ , समय : १०:५९:०० , आवर प्रदेश
आवर प्रदेश
भक्तपुर, ९ चैत। मध्यपुर ठिमी नगरपालिका(१ लोकन्थलीस्थित काठमाडौं सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका(९ घर भई काठमाडौं नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीको मझेरी क्याफेमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४२ हजार ८ सय ५० रुपैयाँ, भारतीय रूपैयाँ ४८ हजार ५ सय र १६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०३-२३ , समय : १०:५९:०० , २ वर्ष अगाडि