जीपी फाउन्डेसनले २० जना बिधार्थीको अभिभावकत्व ग्रहण गर्ने
मिति: २०२३-०७-०३ , समय : १९:४०:१६ , आवर प्रदेश
मिति: २०२३-०७-०३ , समय : १९:४०:१६ , आवर प्रदेश
आवर प्रदेश
बिराटनगर। गिरिजाप्रसाद कोईराला फाउन्डेसनले २० जना बिधार्थीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेको छ। आज युग पुरुष गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मोत्सवको अवसरमा गिरिजाप्रसाद कोईराला फाउन्डेसन कोशी प्रदेश कार्य समितिले उक्त घोषणा गरेको छ।
फाउन्डेसनले कोशी प्रदेश भरिका सामुदायिक बिधालयमा बढिरहेका बिधार्थीमध्ये अति बिपन्न ,असहाय तथा गरिब बिधार्थिहरुबाट २० जनालाई कक्षा १२ सम्म पढाउने सम्पूर्ण जिम्मेवारी लिने फाउन्डेसनका कोशी प्रदेश सचिव वीरेन्द्रलुमार साहले बताए। हामीले आजको मितिबाट नै बिधार्थिहरुको छनोट गर्ने कार्यको प्रारम्भ गरेका छौ साहले भने युग पुरुष गिरिजाप्रसाद कोईरालाको जन्मोत्सवमा हामीले केहि फरक सोचका साथ् यो कार्य गर्न लागेका छौ। आगामी दिनमा अझ सशक्त भएर समाजमा हामीले काम गर्ने छौ र फाउन्डेसन मार्फत सक्दो सामाजिक कार्य गर्ने छौ साहले बताए।
आगामी एक बर्षमा करिब १२ वटा कार्यक्रमहरु संचालन गर्ने हाम्रो सुरुवाती लक्ष्य थियो त्यसै अनुरुप हामीले कार्यक्रमहरु गर्दै आएका छौ र आउदो असार ३० गते हामीले गिरिजा बाबुको जिवनमा आधारित भएर लेखिएको क्रान्ति पुरुष गिरिजा प्रसाद कॊइराला नामक पुस्तक समेत हामीले बिमोचन गर्न लागेका छौ १००० प्रति पुस्तक हाम्रो तयारी अवस्थामा छ यो पुस्तक हामि फाउन्डेसन मार्फत नै बजारमा ल्याउन लागेका छौ गिरिजाप्रसाद कॊइराला फाउन्डेसन कोशी प्रदेशका अध्यक्ष राजेश गुप्ताले बताए।
प्रकाशित मिति: २०२३-०७-०३ , समय : १९:४०:१६ , २ वर्ष अगाडि