लोकप्रिय वडा अध्यक्ष बन्दै हरिश्चन्द्र सहनी अक्षय

मिति: २०२३-०७-१२ , समय : ०९:३३:५२ , आवर प्रदेश

चौतर्फी प्रसंशा

आवर प्रदेश

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष हरिश्चन्द्र सहनी –अक्षय )को चौतर्फी प्रसंशा भइरहेको छ ।
कानुनी रित्त पु¥याएर वडा कार्यालय पुगेका सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन थालेपछि वडा अध्यक्ष सहनीको चौतर्फी प्रसंशा भईरहेको हो । नागरिकता प्रमाण पत्रका लागि सिफारिस लिन वडा कार्यालय जाँदा कानुनी रित्त पु¥याएको सवै काम नसकुन जेल सम्म वडा कार्यालयमा बस्ने गरेका अध्यक्ष सहनी वेलुका ९ बजे सम्म कार्यालयमा नै भेटिने गरेको छ ।

कसैलाई गुनासो गर्ने मोका दिएका छैनन् स्थानीय एक सेवाग्राहीले भने –‘ मेरो कागजात पुगेका थिएन तर अध्यक्ष सहनीले कागजात पु¥याएर राती ८ बजे सिफारिस गर्नु भयो ।‘

कागजात नपुग्दा पु¥याएर आउन भन्नु हुन्छ , उहाँ बसी रहनु हुन्छ । सवै काम सकाएर मात्रै घर जानुहुन्छ ।‘ वडा अध्यक्ष हरिश्चन्द्र सहनी –अक्षय )को तुलना अरु संग हुदैन। । अन्य वडाको व्यापक जनगुनासो आइरहेका बेला जनताको काम नै प्राथमिकता राखेको महसुस भएको सेवाग्राहीहरुले बताएका छन् ।

अध्यक्ष सहनीले अहिलेसम्म ८०० भन्दा बढीको नागरिकताको सिफारिस गरेको जानकारी दिए । विहान ८ बजे देखि बेलुका सिफारिसको काम सम्पन नभए सम्म कार्यालयमा नै रहने गरेको उनले बताए ।सुरुमा त एकै दिन २ सय सम्म सिफारिस गरेको उनले बताए ।

कागजात नपुगेकाहरुले झगडा गर्न थाल्छ अध्यक्ष सहनीले भने –‘ बुझाएर पठाउने काम पनि संगै गरिरहेका छांंै । म जनताको सेवा गर्न आएका मान्छे जनतालाई निरास बनाउन्न काम नगर्न सवै कर्मचारीहरुलाई समेत भनेको उनले बताए ।

शैक्षिक योग्यताको प्रतिलिपी, जन्मदर्ता, नाता प्रमाणित, बाबु आमा दुवैको नागरिकता लिएर वडा कार्यालयमा सिफारिसको लागि आएकालाई तत्काल सिफारिस गर्ने गरेका छौं उनले भने ‘ जनताको काम गर्न आएकाले जनताको काम गर्दे छौं ।

प्रकाशित मिति: २०२३-०७-१२ , समय : ०९:३३:५२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित