प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

मिति: २०२३-०७-१२ , समय : ०९:४३:०५ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गर्नुभएको छ ।

उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको ६९ वर्षको उमेरमा निधन भएको हो ।
यसबारे जानकारी दिन नर्भिक अस्पतालमा ९ः३० बजे पत्रकार सम्मेलन हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: २०२३-०७-१२ , समय : ०९:४३:०५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित