आज पनि बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?
मिति: २०२३-०७-१४ , समय : १२:०५:१४ , ourpradesh
मिति: २०२३-०७-१४ , समय : १२:०५:१४ , ourpradesh
ourpradesh
काठमाडौं, असार २९ । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ। बिहिबार प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा १ सयले बढेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६९ रुपैयाँ पैसा कायम गरेको छ ।
प्रकाशित मिति: २०२३-०७-१४ , समय : १२:०५:१४ , २ वर्ष अगाडि