विस्थापीतको तथ्याङ बनाउँदै जहदाका गाउँपालिका
मिति: २०२३-०७-१४ , समय : १४:४१:३० , आवर प्रदेश
मिति: २०२३-०७-१४ , समय : १४:४१:३० , आवर प्रदेश
आवर प्रदेश
विराटनगर । जहदा गाउँपालिकाका ३का बाढीपीडितलाई राहत प्रदान गरेको छ । गाँउपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद शाहको अग्रसर्तामा खोलाले बगाएको घरका परिवारलाई राहत प्रदान गरिएको हो ।
सिंघिया नदि किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुको ३ वटा घर खोलाले बगाएको थियो । अध्यक्ष शाहले रेडक्रस र जिल्ला प्रशासन कार्यालय मोरङले तीनै परिवारलाई राहत दिएको जानकारी दिए ।
उनले जिल्ला प्रशासन कार्यालय मोरङले विस्थापीत परिवार जनही रु २० हजारका दर दिएको बताईएको छ ।
गाउँपालिकाले विस्थापीतको तथ्याङ बनाउदै आएको अध्यक्ष शाहले जानकारी दिए । उनका अनुसार विस्थापीत र पीडितलाई कुनै समस्या हुन नदिन गाउँपालिकाले काम सुरु गरेको जानकारी दिए ।
प्रकाशित मिति: २०२३-०७-१४ , समय : १४:४१:३० , २ वर्ष अगाडि