जनताको साथमा सुनवर्षीका मेयर राजबंशी

मिति: २०२३-०७-१४ , समय : १६:०२:४८ , ourpradesh

ourpradesh

अमरदह। केहि दिनदेखि आएको अबिरल बर्षाको कारण सुनवर्षी नगरपालिकाको केहि वडामा पानि जमेपछि स्थानीयहरूलाई समस्या हुदै आएको थियो।

नालाहरुमा पानि जमेपछि बाटोघाटो अबरुद्ध भएपछी जनजीवन कष्टकर बन्दै गए छ। जनताका समस्यालाई समधान गर्नको लागि सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजबंशी आफै फिल्डमा उत्रिएका हुन्। सुनवर्षी नगरपालिका वडा न – २ स्थित अमरदह बजारको पुर्वपट्टी अत्याधिक पानी जम्मा भए पछि वडा न -२ का अध्यक्ष बिनोद राजबंशी र स्थानियाहरुको सहयोगमा सफा गरेको छ। वडा न -२ संगै ३ र ५ नम्वर वडाको नालाहरु समेत सफा गरिएको मेयर श्याम प्रसाद राजबंशीले बताए।

सुनवर्षी नगरपालिका वडा न -३ र ६ मा पर्ने बक्राहा नदीको बाढीको अनुगमन गर्नुका साथै बक्राहा नदीमा तटबन्धन निर्माण गर्न निर्देशन समेत दिएको मेयर राजबंशीले बताए।

सुनवर्षी नगरपालिकामा बाढीको समस्या न्यूनीकरण गर्न हामी प्रयत्नशील छौ र यो समस्याको निराकरण गर्न निरन्तर दादाब सिर्जना गर्दै छु तथापि सुनवर्षी नगरपालिकामा बाढीको कारणले कहिँ समस्या आए नगरपालिकामा सम्पर्क गर्न समेत मेयर राजबंशीले बताए।

प्रकाशित मिति: २०२३-०७-१४ , समय : १६:०२:४८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्