चितवनबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
मिति: २०२३-०३-२४ , समय : ११:०९:१६ , आवर प्रदेश
मिति: २०२३-०३-२४ , समय : ११:०९:१६ , आवर प्रदेश
आवर प्रदेश
चितवन, १० चैत। भरतपुर महानगरपालिका(९ केन्द्रिय बसपार्क नजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैह्रेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा गैह्रे समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ५० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०३-२४ , समय : ११:०९:१६ , २ वर्ष अगाडि