राहुल गान्धीको पुनरवेदनमा शुक्रवार सुनुवाइ हुने

मिति: २०२३-०७-१८ , समय : १८:०३:०९ , ourpradesh

ourpradesh

गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले गरेको टिप्पणीबाट आफूहरूको मानहानि भएको भन्दै भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले दायर गरेको उजुरीलाई सदर गर्दै सुरत अदालत र गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर्‍याएका थिए ।

सुरत अदालतको निर्णयसँगै नेता गान्धीको लोकसभा सांसद पद खारेज भएको थियो । आफूले चुनावी सभामा मोदी थरलाई लिएर गरेको टिप्पणीको अपव्याख्या भएको उल्लेख गर्दै तल्ला अदालतले गरेका निर्णयलाई चुनौती दिँदै उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

उनका वकिलहरूका अनुसार उक्त अदालतले आगामी शुक्रवार सुनुवाइ गर्ने जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०७-१८ , समय : १८:०३:०९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित