कुशल भुर्तेलले लिए लगातार चार विकेट

मिति: २०२३-०७-१९ , समय : १२:३८:१९ , ourpradesh

ourpradesh

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को छैटौं विकेट लिएको छ ।

छैटौं विकेटका रुपमा यूएईका कप्तान अली नासर एक रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।

उनलाई कुशल भुर्तेलले आउट गराए । उनको क्याच पनि कुशल भुर्तेलले नै लिएका हुन् । कप्तान आउट हुँदा यूएईले २९.४ ओभरमा एक सय २१ रन बनाएको थियो ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : १२:३८:१९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्