भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

मिति: २०२३-०७-१९ , समय : १३:१४:१४ , ourpradesh

ourpradesh

काठमाडौँ  – काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको संरचना भत्काउन थालेको छ । बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सेवा सदनको भवनमा डोजर चलाएको हो ।

सडकभन्दा भित्री भागमा रहेका भवन पनि महानगरको टोलीले खाली गराउने काम गरिरहेको छ । भद्रकुमारी घले सेवा सदन सार्वजनिक जग्गामा निर्माण भएको भन्दै महानगरले तीन दिनअघि नै उक्त भवन खाली गराउन निर्देशन दिएको थयो ।

 

प्रकाशित मिति: २०२३-०७-१९ , समय : १३:१४:१४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित