भन्सार विभागका निर्देशकको नेतृत्वमा छानबिन समिति

मिति: २०२३-०७-२० , समय : १२:४०:४४ , ourpradesh

ourpradesh

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बिहीबार छानबिन समिति गठन गरेका हुन् ।

समितिको संयोजक अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल तोकिएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन गरिएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले रातोपाटीलाई बताए ।

उनले भने– ‘भन्सारका कर्मचारीको संलग्नताबारे छानबिन गर्ने कार्यादेश समितिलाई दिइएको छ ।’

प्रकाशित मिति: २०२३-०७-२० , समय : १२:४०:४४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित