नेपाल खेलकुद महासंघद्वारा मोरङको धनपालथानमा पालिका कमिटी गठन
मिति: २०२३-०३-२४ , समय : १२:४६:०० , आवर प्रदेश
मिति: २०२३-०३-२४ , समय : १२:४६:०० , आवर प्रदेश
आवर प्रदेश
विराटनगर । नेकपा एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान अन्तर्गत संगठन विस्तार गर्ने क्रममा नेपाल खेलकुद महासंघले मोरङको धनपालथानमा पालिका कमिटी गठन गरेको छ ।
नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको भेलाले दिपक लोहनीको संयोजकत्वमा १५ सदस्यीय धनपालथान पालिका कमिटी गठन भएको हो ।
नव गठित समितिलाई महासंघका केन्द्रीय अध्यक्ष बस्नेतले सपथग्रहण गराउनुभएको छ । भेलामा नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य बालेश्वर कामत, मनोज अग्रवाल, पालिका कमिटीका अध्यक्ष महेश्वर यादव, पार्टी जिल्ला सदस्यहरु र महासंघ मोरङ जिल्ला अध्यक्ष मनोज खड्कालगायतको उपस्थिति रहेको थियो ।
यसैबिच धनपालथानमा मुक्ति समाज नेपालको समेत वडा कमिटी गठन भएको छ । विजय रामको नेतृत्व मा १७ सदस्सीय ३ नम्बर वडा कमिटी निर्माण भएको हो ।
प्रकाशित मिति: २०२३-०३-२४ , समय : १२:४६:०० , २ वर्ष अगाडि