कृषिमन्त्री भुषाल विदेशमा, नेपालमा राजीनामा मागियो

मिति: २०२३-०७-२४ , समय : १४:१५:३५ , ourpradesh

ourpradesh

काठमाडौं, ८ साउन । कृषिमन्त्री डा. वेदुराम भुषाल यतिवेला विदेशमा छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहालसँग इटाली भ्रमणमा छन् । तर, कृषिमन्त्री विदेशमा रहेको बेलामा यता नेपालमा भने उनको राजीनामा मागिएको छ । कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राखेर किसानहरु आन्दोलनमा उत्रिँदै राजीनामा मागेका हुन् ।

आज (सोमबार) विभिन्न ९ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले कालिमाटी तरकारी बजारमा प्रदर्शनसहित मन्त्री भुषालको राजीनामा मागेको हो ।

यसअघि नै संसद्मा कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता खारेज गर्न आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले पनि उक्त सम्झौतामा भ्रष्टाचार भएको दाबी गरेका थिए ।

प्रकाशित मिति: २०२३-०७-२४ , समय : १४:१५:३५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित