सिमामा ढाट नखोल्दा व्यापार नै चौपट
मिति: २०२३-०८-०१ , समय : १६:५२:२३ , ourpradesh
मिति: २०२३-०८-०१ , समय : १६:५२:२३ , ourpradesh
ourpradesh
विराटनगर । कोरोना महामारीका बेला बन्द गरिएको ३ नम्बर ढाड हाल सम्म नखोल्दा मिल्स एरिया क्षेत्रका व्यापार चौपट भएको छ । सिमावर्ती क्षेत्र रानीको मिल्स एरियाका करिव एक सय ५० व्यवसाय चौपट भएको हो । लामो समय देखि व्यवसाय गर्दे आएका व्यापारीले पोलाईन हुन थालेका छन् । लामो समयदेखि सीमानाका ढाट बन्द हुँदा सीमा क्षेत्रका नेपाली बजारको व्यापार एक तीहाई कम भएपछि व्यापारी पलायन हुन थालेको स्थानीयहरुले बताएका छन् । लामो समय देखि व्यवाय गर्दे आएका मो रहिसले घर भाडा तीर्न समेत समस्या भएको बताए । ३ नम्बर ढाट वाट गाडी आवत जावतमा पणू रुपमा रोक लगाएपछि स्टाफको तलव समेत लिन नसक्दा हटाएको उनले बताए ।
सीमानाका खुले पनि ढाट नखोल्दा पलायन हुनुपरेको स्थानीय व्यापारपी पूजा लाडा बताउँछीन् । , ‘नाका बन्द हुँदा व्यापार चौपट भयो, हाल झनै चोपट भएको उनले बताईन् । सीमावर्ती बजार भएकाले भारतको ग्राहक समेत नेपाली सामान किन्न आउने गरेका थिए तर अहिले सीमानाका खुल्ला भएपनि ढाड नखोल्दा व्यापार सङ्कटमा परेका हुन् ।
५ वर्ष यता ढाड विभिन्न बहानामा बन्द गरिएकाले बैकको किस्ता तीर्न समेत समस्या भएको उनले बताईन् । उनले आन्दोलन गर्दा एक हप्ता खोले पनि तस्करी हुने बहाना बनाएर ढाट बन्द गरेर पोलायन हुने अवस्थाको सिर्जना बनाएको सुनाए । चाईनिस समान बढी बिक्रि हुने क्षेत्रका व्यापार ढाट बन्द भएकाले तहसनहस बनेको बताईएको छ ।
सीमानाका खुला भएको समयमा नेपाली भारतीय बजारमा जाने र भारतीय नेपाली बजारमा आउने गरेका छन् तर नाकाका ढाट बन्द भएपछि नेपाल तीरको व्यापार व्यवसाय ठप्प छ । भारतीय व्यापारीको मुख्य बजार नेपालको क्षेत्र भएकाले सिमा कडाई भए पछि सिमावर्ती क्षेत्रको नेपाली बजार झनै विस्थापी हुन पुगेको स्थानीय विष्णुमाया श्रोष्ठले बताईन् ।
घर बैकमा धितो राखेर सञ्चलन गरेको व्यवसाय ढाट नखुल्दा परिवार चलाउन समस्या भएको उनको भनाई रहेको थियो ।किस्ता काहा वाट तीर्नु उनले भनिन्–‘ हामी त नघरको न घाट भएको भयो ।‘ ढाट बन्द हुदा सिटि सफारी सञ्चालक र ओटो सञ्चालकलाई समस्या भएको छ । ३सयको हराहरीमा सञ्चालनमा रहेको सिटि सफारी र अटो सञ्चालकहरुले किस्ता तीर्न समस्या भएको बताउछन् । अमजीत साहले ढाट बन्द हुदा किस्ता तीर्न समस्या भएको बताए । उनले ढाट खुल्ला हुदा दैनिक २ हजारको हराहरीका आम्दनी गर्ने गरेको बेला बन्दले ५ सय कमाउन समेत समस्या हुने गरेको सुनाए ।
प्रकाशित मिति: २०२३-०८-०१ , समय : १६:५२:२३ , २ वर्ष अगाडि